नवौ राष्ट्रिय खेलकुद: शनिबारदेखि स्क्वास प्रतियोगिता
पाेखरा | असोज २८, २०७९
कास्की ।
नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए ।
उनका अनुसार बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ विहान ९ बजे उद्घाटन खेल खेल्नेछिन् । उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशगरि कुल ७ टोलीको सहभागिता रहेको भण्डारीले जानकारी दिए ।
उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।
उनले महिलातर्फ खुला (ओपन) प्रतियोगिता हुने बताउदै पुरुषतर्फ खुला तथा टिम इभेण्टमा प्रतिस्पर्धा हुने बताए । ‘महिलातर्फ कम सहभागिता भएको कारण ओपन इभेन्टमात्रै हुन्छ, उनले भने, ‘पुरुषतर्फ भने ओपन र टिम दुवै इभेन्टमै प्रतिस्पर्धा हुनेछ ।’
भण्डारीका अनुसार आगामी ३ गतेसम्म सञ्चालन हुने स्क्वास प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । ‘स्क्वासको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्ने प्रारम्भिक कुरा छ, उनले भने, ‘अहिल्यै चाँही फिक्स भइसकेको छैन । तर प्रतियोगिताको अरु सबै कुराको तयारी भइसकेको छ ।’
स्क्वास प्रतियोगिता संयोजक भण्डारीका अनुसार यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् ।
स्वर्णपदकधारी द्वय थापामगर दिदी भाई हुन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

